१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा, काराेबार रकम पनि बढ्याे


२२ चैत, काठमाडाैँ । आइतवार शेयर बजार परिसूचक नेप्से ६ साताको अन्तराल पश्चात ऐतिहासिक उचाइमा पुगेको छ । साताको पहिलो दिन आइतवार नेप्से सूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्च विन्दु २६५७.६१ विन्दुमा पुगेको छ । यसअघि गत फागुन ९ गते नेप्से २५४०.३५ विन्दुमा पुगेको थियो । फागुन ९ को उच्च विन्दु पश्चात घट्न थालेको नेप्से २३९० विन्दुबाट बाउन्स ब्याक भएर नयाँ उचाइमा पुगेको हो ।

आइतवारको कारोबारमा आएकामध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादनमुल्क, म्युचुअल फण्ड एंवम लगानी समूहका सूचक नकारात्मक रहेपनि बैंकिङ्ग, बीमा र अन्य समूहमा आएको सुधारले समग्र बजार बढेको हो । यसदिन विशेषगरी बैंकिङ्ग समूहको सूचकमा उच्च सुधार देखिएको छ ।

यसदिन आधादर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ भने सबैभन्दा धेरै साल्ट ट्रेडिङको मूल्य घटेको छ । यसदिन नेपाल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा धेरै ४६ करोड ८१ लाख बढीको शेयर किनबेच भयो । कुल २१२ कम्पनीको कारोबार भएको बजारमा ९ अर्ब बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार १६:५१