१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हुन्डाईकाे नयाँँ वर्ष २०७८ याेजना सार्वजनिक, गाडी खरिदमा यस्ता छन् छुट र सुविधा


२० चैत, काठमाडाैँ । हुन्डाईका लागि नेपालकाे आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना “ यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत रु.२०,००० देखि ७८,००० सम्मको अतिरिक्त छुट, रु.१५,००० बराबरको लोयल्टी बोनस, रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।


लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार १४:०१