१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आजबाट रुरु जलविद्युतको आईपीओ खुल्याे, कति दिने आवेदन ?


२० चैत, काठमाडाैँ । रुरु जलविद्युत लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ।

जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीकाे आईपीओमा छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसमम आवेदन दिन सकिनेछ ।  यसअघि कम्पनीले गत माघ २१ गतेदेखि फागुन २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। आयोजना प्रभावितलाई यो कम्पनीले कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरेको थियो।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ। धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार ०८:३२