७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चिनले अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेरसम्मका व्यक्तिलाई दिइने


१० चैत, काठमाडाैँ । चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्षउमेरका व्यक्तिलाई दिइने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पूर्वाधारको हिसावले अस्पतालहरु छनौट गरेर ४० देखि ५९ वर्ष उमेरसम्मका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चिनियाँ खोपबारे थप निर्णय लिइने बताउनुभयो । चीन सरकारले ८ लाख मात्रा खोप (सेरोभेल) नेपाललाई सहयोग गरेको छ । यस अघि भारत सरकारले अनुदान स्वरुप दिएको १० ‘कोभिसिल्ड’ खोप प्रयोग गरिसकेको छ। पहिलो चरणको खोप माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १७:२३