७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

क्लासिक टेकका ग्राहक र कर्मचारीलाई नेशनल अस्पतालको सेवामा २० प्रतिशतसम्मको छुट


१८ चैत, काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पताल बीच क्लासिक टेकका ग्राहकहरुलाई सेवामा छुट दिने सम्झौता भएको छ।

सम्झौतापछि क्लासिक टेकका कर्मचारीहरु र ग्राहकहरुलाई नेशनल अस्पताल कलंकीमा गरिने औषधी उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ । यसमा मेडिकल, ल्याप परीक्षणहरु, तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहकहरु तथा कर्मचारीहरुले छुट प्राप्त गर्नेछन् ।


क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको हो । सो सम्झौतामा नेशनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमल प्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृत राज बैद्यले हस्ताक्षर गरेका छन् ।

अस्पतालका प्रशासकिय अधिकृत किशोर सुवेदीका अनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहकहरु तथा कर्मचारीहरु सबैले अन्य विभिन्न सेवाहरु समेत प्राप्त गर्न सक्नेछन् । सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचय पत्र देखाउनुपर्नेछ भने ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १२:३८