१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

संविधान संशोधनमा एमाले तयार, आज सहमतिमा हस्ताक्षर हुँदै


१६ फागुन, काठमाडौँ । संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न एमाले तयार भएको छ । दुई तिहाइ बुहमतको सरकार निर्माणका लागि एमालेले संविधान संशोधनमा सहमत भएको हो ।

संविधान संशोधन गर्ने सहमतिमा आज संघीय समाजवादी फोरम र एमालेका बीचमा हस्ताक्षर हुँदै छ । एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच मंगलवार विभिन्न चरणमा छलफल भएको थियो ।

आज दिउँसोसम्ममा सहमतिको खाका तयार गरी साँझसम्ममा हस्ताक्षर हुने एमालेका एक नेताले दैनिकीलाई जानकारी दिए । सहमतिले एमालेलाई प्रदेश २ को सरकारमा सहभागी गराउने छ भने फोरम संघीय सरकारमा सहभागी हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०८:१६