११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

ज्योति लाइफको आईपीओ बाँडफाँड, ५ लाख ९४ हजारले पाए १० कित्ता सेयर


१३ चैत, काठमाडाैँ । ज्योति लाइफको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको जनाएको छ ।

५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ । पछिल्लो व्यवस्था अनुसार लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् । आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी पोर्टलमा पनि आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियाे ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १२:५९