६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

झेली स्वभावका माधव नेपालः जसले एमालेका कार्यकर्ताले मास्क लगाएर हिड्नुपर्ने बनाए


-उज्जवल कडरिया

“एक जुग अर्थात बाह्र बर्ष” यति मात्र हैन थप दुई तीन बर्ष, पटकपटक पनि हैन निरन्तर लगातार जनताको प्यारो पार्टी हुँदै गरेको नेकपा एमालेको सर्बशक्तिशाली महासचिव जस्तो गरिमामय पदमा रहेका व्यक्ति हुन माधवकुमार नेपाल । नेपालले एमालेको एकलौटी पाइलट भएर एमालेलाई “लामो उडान” को नेतृत्व गर्ने सुनौलो मौका पाएका थिए ।

जब उनी आकाशमा विचरण गर्न थाले तब उनले आफ्नो कार्यदल र सम्पूर्ण यात्रुलाई बिर्सन थाले । एउटा पाइलटमा हुनुपर्ने कामप्रतिको निष्ठा, इमानदारिता र पारदर्शिता सबै भुल्न थाले । वरिपरि उडिरहेका गिद्दलाई आफ्नो पारदर्शिता सुम्पिए, कागलाई निष्ठा र बाजलाई इमानदारिता सट्टाबाजी गरे । फलस्वरूप एमालेलाई इतिहासकै कम्जोर मात्र बनाएनन कार्यकर्तालाई सो समयमै माक्स लगाउनुपर्ने स्थितिमा पुर्याएर, खोक्रो ईमान र नैतिकतालाई वली चढाएर उनी पाइलटको सिटबाट ओर्लिए । उनी अपमानित हुन पुगे । त्यसपछि सम्मान खोज्न भौतारिन थाले ।

नेकपा स्थापित भएको बर्षौबर्षसम्म नेपाली जनतालाई एमालेबारे विभिन्न मनगडन्ते र हावादारी भ्रमले “माइण्ड वास” गर्न नेपालको सवालमा तत्कालीन पञ्चहरु र नेपाली काङ्ग्रेसले सफलता चुमिरहेका थिए । यस्तो प्रतिकुल राष्ट्रिय राजनैतिक अवस्था र कम्युनिस्टलाई हेर्ने अन्तर्राष्ट्रिय “कु” नजर लगाएतका तत्कालीन कारणले गर्दा एमालेले आफ्नो उपस्थित नगण्यरुपमा देखाएको थियो अथवा आफ्नो साङठानिक संरचना मजबुत बनाउन सकेको थिएन ।

जनताको मनमा उपस्तिथि देखाउन नसकेको परिस्थिति थियो । यस्तै कठिन परिस्थितिमानै नेतृत्वको इमानदारिता, निश्ठा र पारदर्शिता सार्बजनिक हुने गर्दछ । “हाफ सेन्चुरी” भन्दा लामो इतिहास बोकेको एमालेमा पनि विभिन्न समयमा विभिन्न नेताले कठिनताको सामना गर्न नसकेको कारण बर्षौ लगाएर कमाएको ईमान ,निश्ठालाई पदभ्रष्टभइ गुमाउन पुग्दछन।

विभिन्न ताडक्तमबिच नेकपा एमालेले कम्युनिज्मको बारेमा फैलाएको अफवाहलाई जनताका माझ गलत साबित गरिरहेको थियो। भट्केका कम्युनिस्ट आत्मा भएका केही गिद्दरुपी मनुवाहरु बिदेशी इसारामा चलेर पुन एकपटक नेपाल कम्युनिस्ट आन्दोलनलाई कम्जोर बनाउन जनयुद्ध नामक कम्युनिस्टबिरोधिलाई सहयोग पुग्ने कार्यक्रम चलाउन लागिपरे । सो कार्यक्रममा जबजको मार्गनिर्देशन बमोजिम जनतामा लोकप्रिय हुदै गइरहेको एमालेका महासचिव माधवकुमार नेपाल लगायतकाले गोप्य सहयोग गरी पार्टीलाई धोका दिए । जुन कुराको पुष्टि उनी आफैंले अहिले गरिरहेका छन ।

यो उनको कुकृत्यलाई इमानदार नेताकार्यकर्ताले सधै उनको इमानदारिता निश्ठा र पारदर्शिता सम्झेर बसे । यो सुवर्ण अवसरलाई झेली माधबवले प्रयोग गरे र झन्डै एक ऐतिहासिक पार्टी एमालेलाई सिद्धाउन सफल भएका थिए । मैदानमा सधै उत्रिन खोज्ने तर झेल गरिरहने उनको प्रवृत्तिले गर्दा एमालेको राजनैतिक स्थिरता कायम रहन सकेन । उनको झेली स्वभावले गर्दा पटकपटक एमालेका कार्यकर्ता अन्य दलमा जान थाले।

धुजाधुजा हुने गरि एमालेलाई नेतृत्व गरिरहेका नेपालले चुनावी मैदानमा तेत्तीस सिटमा पार्टी खुम्चिदा पनि नेतृत्व हस्तान्तरण गर्न हिच्किचाइरहेका थिए । पद छोड्न उनलाई प्रलय भैरहेको थियो । निरङ्कुस नेतृत्वको चौध बर्षे जवानीमा उनले धेरै गल्ती गरेका थिए । आफू पछिको नेतृत्वदेखि उनलाई अदृश्य डर पैदा भएको थियो । जस्का कारण उनले पार्टीको नेतृत्वको बारेमा अनगिन्ती गुटबन्दी गर्न थाले । नेतृत्वलाई सहयोग गरि पार्टीलाई शक्तिशाली बनाउन नलागी नेपालले फोहोरी खेल खेल्न सुरु गरे । अरुको नेतृत्वमा पार्टीको र देशको समृद्धि हुने कुरा नेपाललाई “हजम” भएन । पार्टी अध्यक्ष केपी ओलीले सिङ्गो कम्युनिस्ट एक बनाउन लागेको कुरा उनलाई पचेन । उनी पदको सधै प्यासी बनिरहे। अनि सुरु गरे फोहोरी खेल ।

तीन दिन भएपनि अध्यक्ष बन्न लागि परेका नेपालले आफ्नो निष्ठा त्याही गुमाए जहाँ उनले पार्टी अध्यक्षलाई ब्यक्तिगत कुण्ठा बोलिद्वारा पोखे । उनको इमानदारिता त्यही सकिन्छ जहाँ उनले पार्टीको बिधानबिपरित सत्रुलाइ पार्टीको गोपनियता बिक्रि गरे। माधव नेपाल एक निष्ठावान, इमानी, पारदर्शी नेता हुन कहिल्यै लागि परेनन । सधै जालझेल र फोहोरी राजनीति गर्न उद्दत भइरहे । इतिहासले झेली र फोहोरी माधब नेपाल भनेर सम्बोधन गर्नुपर्ने अवस्थामा पुर्याए । एक समयका शक्तिशाली पार्टी महासचिव नेपालले आफुलाई रद्दीको टोकरीमा पुर्याए। अझै पनि नेपाल उहीँ आफ्नो पुरानो मानसिकताबाट मुक्त हुन सकेका छैनन।

एमालेले जसरी हुन्छ सिद्धाउन लागिपरेका नेपाल अझै फोहोरी खेल खेलिरहेको उनको क्रियाकलापले देखाइरहेको छ । सधै धमिलो पानीमा माछा मार्न मायुर खेलाडी प्रचण्डले एमालेमा पानी धमिल्याएर आफुलाई माछा बनाएको उनलाई थाहा छ तर उनी पानी सङ्लिन किन दिदैनन ? किनकी उनी झेली र फोहोरी माधव नेपाल हुन ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार ११:४०