१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नयाँ वर्ष २०७८ मा टीभीएसको अफर, भाग्यमानी ग्राहकलाई यस्ता छन् उपहार


९ चैत, काठमाडाैँ। नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘टीभीएस वा, वाह्, वाहह्’ ग्राहक योजना अघि ल्याएको छ। चैत ८ गतेबाट उत्साहजनक अफरहरुका साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ। यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको कम्पनीले जनाएको छ।

यसका साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एकजना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरुप प्रदान गरिने कम्पनीको भनाइ छ। यो योजना यतिमा मात्र सीमित नभएर ‘वा’ बाट ‘वाह्’हुँदै ‘वाह्ह्’सम्मको थप भव्य बनाउन योजनाको अन्त्यमा एकजना अति नै भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटन सागा फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन्।

यो योजना देशमा रहेका सम्पूर्ण टीभीएस शोरुममा लागू कम्पनीले जनाएको छ। नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादनहरु बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्विलर ब्रान्ड बनेको कम्पनीले दाबी गरेको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १७:३५