७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इसेवाले शुरु गर्यो दुईसयभन्दा बढी देशबाट मनिग्राम सेवा


९ चैत, काठमाडौँ । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा, विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेशनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । सम्झौतासंगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीहरुले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफुले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्ने इसेवाले जनाएको छ । भविष्यमा मनिग्राम मार्फत पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राम मार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था समेत गरिने इसेवाले जनाएको छ ।

यस साझेदारीको आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्टेलिया, युरोप, बेलायत लगायत २०० भन्दा बढी मुलुकहरुका सेवाग्राहीहरुलाई रकम पठाउन थप सहज हुनेछ । मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विपे्रषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राम मार्फत २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।

मनिग्राम उच्च स्तरीय प्रविधिको प्रयोग गरि मोबाइल तथा सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौ सेवाग्राहीहरुलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्नोसेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १४:४३