१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

३५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय पक्राउ


१५ फागुन, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका –४ बाट ३५ ग्राम लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक केशव जोशीले विशेष सूचनाका आधारमा ब्राउनसुगरसहित भारतको उत्तर प्रदेश लखिमपुर गिरीका ३० वर्षीय सागर चौधरी र ३५ वर्षीय धर्मिसंह रानालाई धनगढीको शिवपुरीधाम परिसरबाट पक्राउ गरेको बताए ।
पक्राउ परेका अभियुक्त भारतीय युवक लामो समयदेखि विभिन्न शहरमा लुकिछिपी लागुऔषध बिक्रीवितरणमा सक्रिय देखिएको ब्यूरोले जनाएको छ । अभियुक्तलाई ब्यूरोले थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १९:१२