४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक प्रभु क्यापिटल


८ चैत, काठमाडाैँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि जारी हुने आइपीओ निष्कासन तथा बिक्रीका लागि संस्थाले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौता लघुवित्तको पोखराको सिमलचौरस्थित केन्द्रीय कार्यालयमा भएको छ ।

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी रु.१६ करोड हुनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार ११:३४