१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

केन्या विरुद्ध फिल्डिङ गर्दै नेपाल


काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ को चौथो खेलमा नेपाल केन्या विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ ।

 

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १४:१३