१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पर्यटनका विन्दास व्यवसायी


सोख र रुची मिल्यो भने मान्छे काममा सफल बन्छ । केही अपवादलाई छोड्ने हो भने सफल मानिसहरु नै खुसी हुन्छन । खुसी मान्छेहरुको चरित्र सकारात्मक सोच र खुल्ला प्रवृतिको हुने गर्दछ । जीवनको सवैभन्दा उर्जाशिल समय पर्यटनमा ३० वर्षे उतारचढावमा रमाउनु भएका तेजेन्द्र शर्मा पौडेल विन्दास व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।

हँसिलो चेहेरा, गहुँगोरो वर्ण अनि गम्म परेको जिउडाँल पौडेलको विन्दासपन झल्काउने माध्यम बनेको छ । हिँडाइ र बोलाइमा वहाँको हाँस्यरस झल्कने गर्दछ । नयाँ ठाउँको भ्रमण अनि फरक फरक चरित्रका मानिसहरुको मित्रतामा रमाउने बानीकै कारण पर्यटन वहाँको लागी पर्यायवाची बन्न पुग्यो । पर्यटनमा त्यस्तै मानिस बढी रम्न सक्छ जस्ले जीवनको लयप्रति भन्दा आफनो खुसीप्रति बढी ध्यान दिन्छ ।

डेढ दर्जन बढी देशको भ्रमण गरिसक्नु भएका तेजेन्द्र शर्मालाई विदेशी सुखसयल भन्दा मातृभुमी प्यारो लागेर पछिल्लो समय नेपालको ग्रामिण पर्यटनका गतिविधि चलायमान बनाउन सक्रिय हुनुहुन्छ । गाउँले पर्यटन नेपाल (भिटोन) का अध्यक्षको रुपमा सक्रिय पौडेल पर्यटकिय अन्य संघ संस्थाको भन्दा फरक तरिकाले पर्यटनको लाभ गाउँमा पुर्याउने अभियानमा लाग्नुभएको छ ।

विभिन्न व्यवसायिक पर्यटकिय संस्थाको नेतृत्व गरिरहनु भएका पौडेल पर्यटनमा सकारात्मक सोच सहित खुसीसाथ दैनिकी बिताउने व्यवसायी हुनुहुन्छ । पर्यटनमा अझै २० वर्ष सक्रिय रहने सोच सहित विभिन्न कार्यक्रमहरुको परिकल्पनाकार ४७ वर्षिय तेजेन्द्र विभिन्न संघ संस्थाको सम्मान, प्रेरणाले आफनो कर्ममा हौँसला मिलेको बताउनु हुन्छ । बिन्दास व्यक्तिकाे छवि बनाउनु भएका पौडेलसँग गरिएको भिडियो कुराकानी ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार ०९:२६