१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सवारी दुर्घटनामा नायब सुब्बाको मृत्यु


१५ फागुन, दाङ । दाङमा भएको सवारी दुर्घटनामा नायब सुब्बा हरीबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीमा कार्यरत रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नंको मोटरसाइलकमा जाँदै गरेका नेपाली घोराहीबाट तुलसीपुरबाट आउँदै गरेको ना ६ ख ६२० नंको ट्रकमा ठोक्किएको र त्यसपछि पछाडिबाट आउँदै गरेको रा १ त ८३५ नंको ट्र्याक्टरले किचेको थियो । अन्दाजी ४५ वर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका–४ निवासी रहेको खुल्न आएको छ ।

नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना दिउँसो ३ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको सर्रा नजिकै भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १८:१३