८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माधव नेपालको मिसनः सके बादल समूहलाई एमालेमा रोक्ने, नसके पार्टी विभाजन


२८ फागुन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नवौँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएपछि बढी नै विछिप्त छन । उनले एमाले र माओवादी केन्द्र एक हुने समयसम्ममा करिब गुट पनि चलाउन नसक्ने अवस्थामा पुगेका थिए ।

पार्टी एकता भएर नेकपा बनेपछि उनले प्रचण्डका लागि ढाड थापेर ओलीविरूद्धको अभियान सशक्त बनाए तर जित सकेनन् । फागुन २३ मा सरकारले ऋषि कट्टेल नेतृत्वको नेकपालाइ आधिकारिक दल मानेपछि फेरि पुरानै अवस्था अर्थात नेकपा एमाले र नेकपा माओवादी केन्द्र भएपछि अहिले यी दलका नाममा गतिबिधि सुरू भएका छन ।

कुण्ठाको राजनीति गरेको आरोप लगेका नेपालले उनको समूहको नाममा फेरि निरन्तर बैठक चलाइरहेका छन । नेकपा हुँदा पनि महिले आफ्नो घरमा त कहिले प्रचण्ड र बामदेवको घरमा गुटको भेला र बैठक गरी प्रधानमन्त्री ओलीका विरूद्ध घेराबन्दी गरेका नेपाल अब एमाले विभाजनको दिशामा अघि बढेका छन ।

आफू केही नगर्ने र गर्दा सफल नहुने तर ओलीले देशका लागि काम गर्दा खपिनसक्नु भएका उनले एमालेको नाममा फेरि बुधबार र बिहीबार गरी दुइ वटा गुटभेला सम्पन्न गरे । बानेश्वरको अर्याल होटलमा भएको भेलामा नेपालले आवश्यक पर्दा अन्त्यमा छुट्टिनुपर्ने हुन सक्ने भन्दै त्यसका लागि पनि मानसिकता बनाउन नेताहरूले निर्देशन दिएका छन ।

उनले साविकको संरचनालाइ नै निरन्तता दिन ओलीलाइ दबाब दिनुपर्ने पनि बताएका छन । उनीहरूले रामबहादुर थापा बादलको नेतृत्वमा एमालेमा समायोजन हुने तयारीमा रहेका नेताहरूलाइ स्वीकार्न नसकिने निष्कर्ष निकालेका छन । उनीहरूले पार्टी विभान अघि समानान्तर कमिटी बनाउने तयारी समेत गरेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार ०८:०९