१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आइतबार नेप्सेमा १ कराेड ८० लाख कित्ता बाेनस सूचिकृत


२३ फागुन,काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लक्ष्मी बैंक लिमिटेडकाे ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै,  छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो । र माछापुच्छ्रे बैंक लिमिटेडकाे ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार १६:४१