६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु


१५फागुन,सुर्खेत । सुर्खेतमा मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १६:४१