८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सर्वियामाथि २–० को जित दर्ता गर्दै ब्राजिल विश्वकप फुटबलको अन्तिम १६ मा


१४ असार, काठमाडौँ । विश्वकप फुटबल २०१८ को समूह ‘इ’को अन्तिम खेलमा ब्राजिलले सर्वियालाई २–० गोलले पराजित गरेको छ । योसँगै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ । खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो ।

ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए । पहिलो हाफमा १–० ले अगाडी रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पार्न सफल भयो ।

ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन । एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान प्रवेश गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०७५, बिहीबार ०५:४१