१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपाल हाइड्रो डेभलपरले घोषणा गर्याे लाभांश , बोनस कति ?


२३ फागुन, काठमाडाैँ ।  नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन २० गते बसेको कम्पनीको  संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ३ गते बुकक्लोज गर्ने भएको छ।

यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन्। उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ । साथै, संचालक समितिको २०७५/०९/०९ गते बसेको बैठकबाट आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको तर विशेष कारणवश सभा हुन नसकेकाे र सो को लागि सेयर दाखिला बन्द समेत नभएकाले उक्त ४ प्रतिशत बोनस सेयर समावेश रहने गरी माथि उल्लेखित २०७६/७७ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार ११:५४