७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?


२३ फागुन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रको नाम ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ रहेको छ। ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेबाट १ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने लागेकाे हाे । निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सो ऋणपत्रको अवधि १० वर्षको रहेको छ। बैंकले वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गरिने जनाएको छ।

लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार १०:५७