१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वक २०१८ बाटै बाहिरियो, स्विडेन र मेक्सिको नकआउट चरणमा


१३ असार, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल प्रतियोगिता २०१८ बाटै बाहिरिएको छ । बुधबार भएको समूह ‘एफ’ को महत्वपूर्ण खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित भएपछि जर्मनी समूह चरणबाट बाहिरिएको हो । कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको थियो ।

किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेर जर्मनीलाई पराजित गरेका थिए । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको थियो ।

समूहको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३–० गोलले पराजित गर्दा पनि जर्मनीलाई घाटा पुग्यो । समूहमा ६ अंक जोडेको स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो । ६ अंक नै जोडेको मेक्सिको समूह उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार २२:२०