११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी


२२ फागुन, काठमाडाैँ । बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन् ।

धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो । टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो ।

बलपार्कले दिएको १०९ रनको विजय लक्ष्य बालुवाटारले आठ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । बालुवाटारका लागि इन्द्र कमलले अविजित ६९ रनको योगदान दिनुभयो ।

यसैगरी आजै भएको अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ६ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको पुल्चोकले सवै विकेटको क्षतिमा १७० रन बनायो । एक सय ७१ रनको विजय लक्ष्य ग्रेट हिमालयले चार विकेटको क्षतिमा पूरा ग¥यो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार २२:०१