१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ओलीको पक्षमा प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका २४ सांसद, भोलिसम्ममा १३० कट्ने


२२ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका हुन ।

बैठकपछि नेकपा राष्ट्रियसभाका प्रमुख सचेतक खीमलाल भट्टराईले सांसदहरुको उल्लेख्य उपस्थितिसँगै बैठक उत्साहपुर्ण ढंगले सम्पन्न भएको बताउनु भयो । ‘बैठकमा १ सय १५ जना सांसद सहभागी हुनुभयो, जसमा २४ जना राष्ट्रियसभा सदस्य उपस्थित रहेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका दलका नेता ओलीले भोलिसम्म सांसदको संख्या १ सय ३० कटने जानकारी दिनुभएको भट्टराईले बताउनु भयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार १८:१६