१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रचण्डको बुहारीका कारण रोकिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने


२२ फागुन, काठमाडौँ । नेकपाको माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी तत्कालीन खानेपानी मन्त्री विना मगरका कारण केही वर्षदेखि रोकिएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । कहिले निजी पानी व्यापारीलाइ आयोजना प्रमुख बनाउने त कहिले ठेकेदारसँग कमिसन मागेर हैरान पारेको आरोप यसअघि मगरले खेपेकी थिइन ।

मेलम्चीको काममा विभिन्न समस्या सिर्जना भए पनि त्यसको समाधानमा मगरले खास चासो दिएकी थिइनन् । तर संसद विघटनसँगै मगरको बहिर्गमनपछि मेलम्चीको कामले गति लिएको थियो । केही महिनामै मेलम्चीको पानी काठमाडौँ आइपुग्ने भएपछि काठमाडौँबासी खुशी भएका छन ।

मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते परीक्षणका लागि सुरुङमा हालेको पानी आज सुन्दरीजल आइपुगेको छ । आयोजनाका अनुसार सुरूङबाट सामान्य अवस्थामै पानी आयो भने दुइवटा प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा पठाइनेछ । यद्पी आज भने सुरूङबाट आएको पानी बागमतीमा छाडिनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार ०८:५६