७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘कमेडी च्याम्पियन’को दोस्रो सिजन आजदेखि प्रसारण सुरु हुँदै


२१ फागुन, काठमाडौँ । लोकप्रिय नेपाली टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ । यो शो आजदेखि हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुनेछ । गतवर्षदेखि सुरु भएको रियालिटी शोले दर्शकको अत्याधिक माया पाएको थियो ।

विशाल भण्डारीले निर्देशन गर्ने सोलाई केकी अधिकारी लगायतले मिलेर निर्माण गरेका हुन् । चार भागमा अडिसन चरण प्रसारण गर्ने जनाइएको छ । यसअघि अडिसन राउन्ड प्रसारण भएको थिएन ।

अडिसन राउन्ड ४ भागसम्म प्रशारण गरेपछि टप २४ राउन्डमा शो प्रवेश गर्नेछ । यसलाई निर्माणपक्षले ग्रान्ड प्रिमियर भनेको छ । थ्रि पोडक्शनले यो शोको निर्माण गरेको हो । शोको निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १७:२२