७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पोप फ्रान्सिस इराक प्रस्थान


२१ फागुन, रोम । इसाई धर्मगुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो । पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्मगुरुसँग भेटघाट गर्नु हुनेछ ।

उहाँले खासगरी इराकमा सदियौंदेखि रहेबसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्नु हुने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नु हुने इराकी अधिकारीहरुले बताएका छन् । इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १६:३९