१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर


२१ फागुन, काठमाडाैँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रका बुँदा यस्ता छन्ः

-दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौँ ।

-नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

-नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १५:१२