१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत


२१ फागुन, काठमाडाैँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । माघ २८ गते बसेकाे संस्थाकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे । लघुवित्तकाे प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १३:५९