१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

शुक्रबार पनि घट्याे सुनको मुल्य, कति पुग्यो तोलाको ?


२१ फागुन, काठमाडाैँ । शुक्रबार पनि  सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

त्यसैगरी, अजा तेजावी सुनको मूल्य ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । आज  चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ११:१५