७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सबिता ढुंगानाकाे ‘शितल दिने कर्के नजर’ बजारमा


२० फागुन,काठमाडौँ । नेपाली लोक गित संगीतको बजारमा दिनै जसो नयाँ नयाँ लोक दोहोरि गितहरु बजारमा आइरहेका छन्। पछिल्लो समय काठ क्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ । गितकाे लोक लय शब्द सबिता ढुंगाना स्वयंको रहेको छ भने स्वर मा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन्  ।

गीतको निर्माण मिलन फिल्म्सले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्। भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायत को अभिनय रहेको छ । नेपाली लोक दोहोरि क्षेत्रकाे आफ्नो पहिचान स्थापित गर्न यो गितले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताउनु भयो । गित डी ए आर मुभिज एंड फिल्म्स इ प्रा .लिको आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १७:२९