दैनिकी

  • २० फाल्गुन २०७७, बिहीबार १६:४५

ज्योति लाईफ इन्स्योरेन्सकाे आईपीओ शुक्रबारबाट निश्कासन हुँदै, कति दिने आवेदन ?

१८ फागुन, काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निश्कासन तथा बिक्री खुल्ला हुँदैछ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएकाे छ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार १६:४५