११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पर्यटनमन्त्री ढकाल र भारतका लागि नेपाली राजदूत आचार्यबीच भेटवार्ता


१९ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेटगरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

उहाँले भौगोलिकरुपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्रीसमक्ष अनुरोध गर्नुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।

जवाफमा पर्यटनमन्त्री ढकालले कोभिडपछिको अवस्थामा भारतीय पर्यटकको आगमनलाई सहज तुल्याउन आफू गम्भीरतापूर्वक लागिपरेको बताउनुभयो । उहाँले विदेशी पर्यटकका निम्ति कायम गरिएको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाएर आगमनलाई सहज बनाउनेगरी मन्त्रालयले निर्णयगरि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा लगिसकेको बताउनुभएको थियो । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार २२:३४