१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न


१९ फागुन, काठमाडाैँ । सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेकाे नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सम्पन्न भएकाे छ । दोस्रो चरणको वार्ता बुधबार सॉझ सम्पन्न भएकाे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । भट्टराईले सामाजिक सञ्जालमार्फत वार्ता बिषय केन्द्रीत रहेकाे जानकारी गराएका छन् । भट्टराईले दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको समेत जानकारी दिए ।

यसअघि बुधबार बिहान सरकार र विप्लव समूहबीच पहिलाेचरणकाे वार्ता सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १७:३२