१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रचण्डलाई देउवाको आग्रहः मलाई हतार छैन, पार्टी विभाजन गरेरमात्र प्रधानमन्त्रीको अफर ल्याउनु


१९ फागुन, चितवन । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन । बुधबार चितवनमा भएको एक कार्यक्रममा सम्बाेधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न हतारो नभए पनि कसैले जिम्मेवारी दिए अस्वीकार नगर्ने बताए । उनले प्रधानमन्त्री आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने स्पष्ट पारे ।

उनले भने ‘मैले प्रधानतमन्त्री मागेको छैन । जिम्मेवारी छोड्दिन ।’ पुस ५ गते प्रधानमन्त्री केपी अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ भने माझण्ड समू्हले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने गरी अविश्वासको प्रस्ताव संसदमा पेश गरेको छ । देउवाले पार्टी विभाजनको कुरा पहिला क्लियर गरेरमात्र प्रधानमन्त्रीको अफर बोकेर आउन प्रचण्ड र माधव नेपाललाइ सुझाव समेत दिएका छन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १६:२४