८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतका लागि कम्फर्टेबल सरकार बनाउने प्रचण्डको अभियानमा कांग्रेसले साथ दिन्छः महामन्त्री कोइराला


१९ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भारतका लागि कम्फर्टेबल सरकार बनाउने नेकपा माझण्ड समूहका नेता पुष्पकमल दाहाल प्रचण्डको अभियानमा कांग्रेसले साथ दिने बताएका छन ।  बुधबार चितवनमा पत्रकारसँगको कुरानकानीमा महामन्त्री कोइरालाले नेकपा फुटाउनकै लागि भए पनि कांग्रेस सरकारमा जानुको विकल्प नरहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव जसरी पनि पास गराएर नेकपा कानुनी रूपमा नुफुटाएसम्म कांग्रेसका लागि सहज नहुने बताए । उनले अविश्वासको प्रस्ताव प्रचण्डहरूले नल्याए कांग्रेसले ल्याउने बताए । उनले नेकपा विभाजन नभइ कांग्रेस सरकारमा गएर केही उपलब्धी नहुनेसमेत उनले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १६:०७