११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१९ फागुन, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेरले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  तोलाको ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८७ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १३१५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार ११:४५