८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मंगलबार नेप्सेमा ५३ लाख ७३ हजार बोनस सेयर सूचीकृत


१८ फागुन, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबीआई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।


नेप्सेमा बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हाे। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १५:०७