१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोटको तारकेश्वरमा युवतीलाई बलात्कार प्रयास गर्ने धादिङका १ जना पक्राउ


१८ फागुन, काठमाडाैँ । नुवाकोटको तारकेश्वरबाट युवतीलाई बलात्कार प्रयास गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक रहेका छन् । यस्तै प्रहरीले बलात्कार प्रयास गर्ने दुई जना फरार रहेकाे भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ ।

फाइल फाेटाे

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा १४ गते राति तीन जना युवाले युवतीलाई बलात्कार प्रयास गरेका थिए । पीडितले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । थप कुरा अनुसन्धानकै प्रक्रियामा रहेको प्रहरीले जनाएकाे छ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार ११:४५