४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मंगलबार १७ सयले घट्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?


१८ फागुन, काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य ८७ हजार रुपैयाँ कायम भएकाे छ ।  सोमबार छापावल सुन ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको  थियाे ।

यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो । मंगलबार चाँदीको मूल्य पनि घटेकाे छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा काराेबार भएकाे छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार ११:१६