१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

आत्मरतिका लागि प्रचण्डका कार्यकर्ताले चलाए ओलीको राजिनामाको प्रोपोगाण्डा


१६ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका विषयमा पटक पटक प्रोपोगाण्डा मच्चाउदै आएको छ । आइतबार पनि तीनै माझण्डका कार्यकर्ताले त्यस्तै प्रोपोगाण्डा चलाएर साइबर अपराध गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थपाको फेसबुक एकान्टलाइ फोटोसप गरेर माझण्डका कार्यकर्ताले ओलीले राजिनामा दिने हल्ला चलाएका हुन । सल्लाहकार थापाले नक्कली सन्देश बनाएर निकृष्ट र दुष्टतापूर्ण हकर्त गरेको भन्दै खेद प्रकट गरेका छन ।

उनले भनेका छन ‘निकृष्ट हर्कतप्रति खेद व्यक्त गर्दछु १ मेरो नाममा विभिन्न नक्कली सन्देश बनाएर प्रचार गरेर निकृष्ट र दुष्टतापूर्ण हर्कत गर्ने व्यक्तिहरूप्रति खेद प्रकट गर्दछु । र, अपराधीमाथि साइवर क्राइममा कडा कारबाही गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण पनि गर्दछु । प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने चाहना राख्नेहरूको इच्छा पूरा नहुने पनि स्पष्ट गर्दछु । सम्बद्ध सबैलाई यस्ता दुष्ट क्रियाको भ्रममा नपर्न पनि विनम्र अनुरोध गर्दछु ।’

सल्लाहकार थापाको नाममा नक्कली फेसबुक बनाएर यसअघि पनि पुष्षपकमल दाहाल प्रचण्ड समूहका कार्यकर्ताले प्रोपोगाण्डा चालाउँदै अाएका छन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार २१:१२