१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१६ फागुन, काठमाडाैँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा ५०० ले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ । शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार ११:१५