७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल विकाससिल मुलुकमा स्तरोन्नतिका लागि सिफारिस


-सुप्रिया मुडभरी

१५ फागुन, काठमाडाैँ । नेपाल विकाससिल मुलुकमा स्तरोन्तिका लागि सिफारिस भएको छ । संयुक्त राष्ट्रसंघको समितिले नेपाललाई विकाससिल मुलुकमा स्तरोन्तिका लागि सिफारिस गरेको हो । नेपालसहित लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको छ ।

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका हुन । नियोगले एक विज्ञप्ति मार्फत सिफारिस भएको कुरा सगाैरव जानकारी गराएको छ ।

नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विभिन्न सूचकमा आफ्नो स्तर बढाएको छ । राष्ट्रसंघका अनुसार अल्पविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्तिमा बढुवा हुन नेपालले तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नेक्रममा दुई क्षेत्रको पूरा गरिसकेको छ भने एक क्षेत्रमा बाँकी रहेको छ ।

संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार नेपालले तीन क्षेत्रमा तोकिएको मापदण्ड मध्ये मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांकमा निकै राम्रो सुधार गरेको छ । महाविनासकारी भूकम्प र महामारी कोरोनाका कारण नेपालले प्रतिव्यक्ति आयमा आसातित सुधार गर्न सकेको छैन ।

राष्ट्रको समितिको सिफारिस अनुसार सन् २०२२ मा नेपाल विकाससिल मुलुकमा स्तरोन्ती भएमा सम्पूर्ण नेपालीका लागि गौरवको विषय हुनेछ । संसारका नागरिकले नेपालीप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउनेछ । नेपाली नियोगका अनुसार नेपाल सन् २०२२ मा विकासिल मुलुकमा स्तरोन्ति भए पनि अल्पविकसित मुलुकका रूपमा पाउँदै आएको सुविधा सन् २०२६ सम्म पाउने छ ।

नेपालमा सरकारले केही गरेन भनेर आलोचना गर्नेहरूका लागि यो एउटा महत्वपूर्ण झापड हो । देशमा सशस्त्रद्धन्द्ध शान्तिमा रूपान्तरण भएपछि विकासका काम तीव्र रूपमा अघि बढेको छ भने भ्रष्टाचार त्यस समयको तुलनामा कम हुँदै गएको छ । विकास निर्माणका कामले गति लिएका छन भने विभिन्न वहानमा काममा ढिलासुस्ति गर्नेहरू दण्डित हुने वातावरण बन्दै गएको छ ।

सुखी नेपाली, समृद्ध नेपाल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको लक्ष्य र उद्घोषमा यस्ता सूचकहरूले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । देश संघीयतामा गएपछि बनेका स्थानीय र प्रदेश सरकारले समेत विकास निर्माणका काम विशेच चासोका साथ अघि बढाएका छन भने देशभित्रै रोजगारीको सिर्जना गराउन विभिन्न आयमुलक र सिपमुलक कामहरू गरिरहेका छन । यसको प्रभाव देशको समृद्धिमा पर्दै गएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार १७:१९