१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

एक दशक पछि घमेश दुलालकाे “बनमा खयर” सार्वजनिक


१४ फागुन, काठमाडौँ ।  लाेक दाेहाेरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्राेता तथा दर्शकले रेडियाेमा कान थाप्नु पर्थ्याे कि युटुवमा खाेज्न थाल्नुपर्थ्याे । उनका शुभ चिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत हरुले स्राेता तथा दर्शककाे मनमा अड्डा जमाएर बसीरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशकाे जिवनले काेल्टे फेरेकाे छ, पछिल्लो समयमा उनी हरेक दिन जसाे नयाँ सृजनामा तल्लिन छन् केहि समय अगाडी देखि चाडपर्व केन्द्रित लोक गितहरु गर्दै आएका घमेश दुलाल लाेक दाेहाेरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् । काठमाडौँकाे मुटु अनामनगर घट्टेकुलाे चाेकमा एक्सन स्टुडियाे नेपाल रेकर्डिङ स्टुडियाे संचालमा ल्याएका छन् , यसकै उपज हाे ११ वर्ष पछिकाे उनकाे पुनरागमन सहितकाे नयां लाेक दाेहाेरी गीत “वनमा खयर” ।

“वनमा खयर” मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चीत रचनाकार शिव हमालले याे गीतकाे शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे काे संगीत रहेकाे छ । घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियाे नेपालमा गीत गाउंदा समय देखिका दाैंतरी समेत हुन् । गीतकाे संगीत संयाेजन चर्चित एरेन्जर कमल साैरागले एरेन्जर गरेका हुन् ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट दर्शक तथा स्राेता माझ आउन लागेकाे गीतकाे भिडियाेमा निकै मिहेनत गरीएकाे डिएआर मुभिजका राजाराम गौतमले बताए । भिडियाेमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलकाे अभिनय रहेकाे छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । साेलुखुम्बुकाे रमणिय स्थलमा भिडियाे छायांकन गरीएकाे डीएआर मुभिजका विवेक चाैलागाईले बताए । केही समय अगाडि “भुल” लाेक दाेहाेरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएकाे भएकाे थियाे । भुलमा लाेकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन् । उक्त गीतकाे सुटिङ गर्न उपयुक्त समयकाे पर्खाईमा रहेकाले वनमा खयर त्याे भन्दा अगाडि आएकाे एक्सन स्टुडियाेका संचालक तथा गायक श्याम धितालले बताए । यस पछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार १५:५०