६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

प्रचण्डको सनकले युद्ध चल्ला तर मुलुक चल्दैन


-उज्ज्वल कडरिया

सत्ताधारी नेकपाको आन्तरिक विवाद फुटमा परिवर्तन हुनुको मुख्य कारण सिद्धान्तमा चित्त नबुझेर थिएन । नत विधि र बिधानमा असहमति भएर नै थियो । व्यक्तिगत र व्यापारिक स्वार्थ पुरा नभएको कारण कार्यकारी भनिएका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल (माझण्ड)ले पार्टीलाई फुटको नजिक पुर्याए । उनीहरूमा देखिएको सनकले पार्टीलाई अहिलेको अबस्थामा पुर्याएको छ।

सैद्धान्तिक कारणले नेकपामा अहिलेको विवाद आएको हैन। ब्यक्तिगत “इगो”, सत्ता र पदको रस बिर्सन नसक्नुनै समस्या थियो । सरकारले नियमित गर्नु पर्ने कामहरु गर्दा माझण्ड समूहले बारम्बार आफ्नो दरिद्रता देखाउन थाले । कहिले प्रधानमन्त्रीले आफुखुशी मन्त्रीमन्डल हेरफेर गर्‍यो भनेर आफ्नो सनक देखाए । आशन्कित भष्टचारीको अभियोग भोगिरहेको मन्त्री, नाताबादको प्रयोग गरि हटाउन ऊनी दिदैनथे । राजदुत नियुक्ति जस्तो नितान्त सरकारको काममा हस्तक्षेप गर्न उनी खोज्दथे । मानौ माझण्ड समुहले सरकार र पार्टीलाई युद्धको समयमा संचालन गरे जसरी संचालन गर्न खोजे । तर प्रचण्डले यो भुलेकी उनको यो सनकले युद्ध त चल्ला तर मुलुक चल्दैन ।

हरेक एङ्गल प्रयोग गरि सरकार असफल बनाउन प्रचण्ड र माधब नेपाल लागीरहे । जोडतोडका साथ पार्टी तोडफोड गर्न लागिरहेका माझण्ड समुहका लागि बाधक भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली देखा परे । ओली इतिहासकै सर्बशक्तिसाली प्रधानमन्त्री बने । एउटा कुशल शासकलाई यो सुबर्ण मौका प्राप्त भएको थियो । उनी चुनावी घोषणपत्र मुताबिक सरकार सन्चालन गर्न थाले । यसले सरकारको छबि सुदृदै आएको थियो । देशी बिदेशी शक्ति र आफ्नै पार्टीका अर्का कार्यकारी अध्यक्षलाई ओलीको यो राष्ट्रप्रतिको लगाव सह्य भएन । उनीहरु सरकार विरुद्ध लागिरहेका छ्न। सिधा भन्ने हो भने प्रचण्ड आफू जस्तो पृष्ठभुमिबाट आए त्यसरी नै पार्टी र सरकार सन्चालन गर्न खोज्नुलेनै नेकपामा हाल देखिएको समस्या र परिणाम आएको हो भन्न सकिन्छ ।

टुटफुट र धोका को राजनीतिलाई अबसर को रुमा लिने बिगत देखिकै प्रचण्डको सार्बजनिक स्वरुप हो । सहकर्मीहरुलाइ युद्ध होस या शान्ती प्रक्रियामा आइसक्दा पनि सधै षडयन्त्रपूर्ण ढङ्गले धोका दिइ नेतृत्व हडप्न लागि परेको देखिन्छन् । जसका कारण उनले आफ्ना नजिकका भनिएकाहरुको बिश्वास समेत गुमाउँदै गए । उनलाई बिश्वास गर्दैनन भन्दा अनुपयुक्त हुँदैन होला।

कम्युनिस्ट पार्टीको अध्यक्ष भैसकेको धेरै अनुभव उनमा भएतापनि कुनैपनि पार्टीलाई सेफ ल्यान्डिङ गराउने कौशलता उनले प्रकट गर्न सकेनन । उनले पार्टी फुट्ला भन्दा पनि लेनदेनमा बढी बिश्वास राख्न थाले। लेनदेनको मामलामा उनको परिवारनै जोडिएको खबरले बेलाबेलामा नेपालको राजनैतिक बाताबरणनै तात्ने गरेको छ । यस्तै कारण नै पार्टी बिभाजन गर्ने घृणित कार्य गर्ने जमर्को उनीहरूले गरे ।

प्रचण्डको मानसिकता इद इमिनको जस्तो हुँदै गइरहेको छ । उनको पछिल्लो दुई दसकको राजनीति हेर्दा उनले नेपाली समाजमा जातीय विभेद अन्त्यको नाममा जातीय उछृङ्कल्ता देशमा ल्याउने काम गरे, भौगोलिकरुपमा जनतालाई भाबनात्मक बिखण्डित गराए।,धार्मिक तिर्थस्थलमा हिंसात्मक अबस्थाको वातावरण बनाउन प्रचण्ड सफल भए। ओलिले यसो नगरौन भन्दा प्रचण्ड समूहले उनलाई असफल बनाउने तानावाना बुन्न थाले।

तत्कालीन अबस्थामा राजनैतिकरूपमा हामी राजा भन्दा कमजोर छौ । अहिले भैरहेको आन्दोलनको शक्तिबाट हामीले गणतन्त्रको यात्रा गर्न धेरै समय लाग्न सक्छ । अहिले भैरहेको आन्दोलनको मुभमेन्ट भनेको वयलगाडा चडेर अमेरिका पुग्नु जतिकै गाह्रो हुन सक्छ। भनेर केपि ओलीले भन्दा प्रतिगामी सोच भएकाहरुको दिमागमा प्रतिगामी सोच पलायो। त्यही प्रतिगामी सोचका कारण प्रचण्डले सदैव उनको नेतृत्वमा आएका पार्टी सिद्धाए । जनताले आफ्नो रगत प्रचण्डलाई नुहाउन दिएका थिए तर उनले बुहारी खानेपानी मन्त्री हुदा नाताबादको सदुपयोग गर्दै जनतालाई पानी समेत खान दिएनन् ।

तत्कालीन अवस्थामा मनमोहन अधिकारीको अल्पमतको सरकार ढलेपछि नेपाली राजनीतिले फरक मोड लियो । पुष्पकमल दाहाल ” प्रचण्ड ” ले जनयुद्धको नाम दिएर सशस्त्र युद्ध सुरु गरेका थिए । उनी बन्दुकद्वारा राज्यसत्ता प्राप्त गर्ने भ्रममा भ्रमित भएका थिए । उनको भ्रमको भुमरीमा हजारौं निर्दोषहरु लुट्पुटिन बाध्य भएका थिए । जस्का कारण हजारौं परिवार बिहिन भए ।

तत्कालीन युद्धरत पार्टी माओबादीले जबजले स्थापित गरेका सिद्धान्त अनुसार राजनीति नगरेमा पलायन हुनुपर्ने कुराको आभास पाइसकेको थियो । त्यसकारण प्रचण्डले माओवादीलाई प्रचण्डपथबाट जबजमय बनाउन बाध्य भएका थिए । जसरी हुन्छ आफू र आफ्ना जोगाउन प्रचण्ड लागीरहे ।

पहिले प्रचण्डले के गरे त्यसको हिसाबकिताब सरोकारवाला निकायले गर्ला । अब उनले जनताको नाम लिएर जनतालाईनै डसिरहन पाउने छैनन । सर्वहारा वर्गको नाम लिएर बन्द हड्ताल जस्ता घृणित कार्य गर्न अग्रसित हुन पाउने छैनन। जनतालाई आफ्नो जिविकोपार्जन गर्ने सवालमा कुनै वाधा खडा गर्न पाउने छैनन ।

उनको सम्पूर्ण जीवनकाल छलकपट, धोका, गद्दारि, सनकको ओरिपरी रुमल्लियर बित्यो । उनले सबै कुरा सनकमा चलाउन खोजे। चलेन। सनकले युद्ध चल्न सक्छ मुलुक चल्दैन भन्ने हेक्का प्रचण्डले बुझ्न सकेनन । सत्तास्वार्थ, लेनदेन र दाउपेचको राजनीति छोडेर प्रचण्डले नीति र बिधिमा एकता खोज्ने प्रयास गर्नु प्रचण्डलाई बुद्धिमानी साबित हुनेछ। प्रचण्डले आफ्नो सनकलाई छोडी रास्ट्रनिर्माण गर्ने कार्यमा सरकारलाई सहयोग गरि सारथीको भुमिकामा देखिनु नै भलो हुने देखिन्छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ०६:४८