६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८३ जनाको मृत्यु


१३ फागुन, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ११२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन् । हाल नेपालमा काेराेनाका सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८३ जनाको मृत्यु भएको छ।  यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १६:५५