१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनलाइनबाट आइपिओ रिजल्ट हेर्न रोक, अब नतिजा यी तीन ठाउँबाट मात्र हेर्न पाइने


१३ फागुन, काठमाडाैँ । अब अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आइपिओ) काे नतिजा प्रकाशन गर्न नपाउने भएका छन् । कम्पनीहरुले निष्कासन गर्ने आईपीओको नतिजा अब तीन ठाउँबाट मात्र हेर्न सकिने भएको छ ।  यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेका थिए ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा अबदेखि सञ्चार माध्यमबाट नभइ सम्बन्धित कम्पनीको वेवसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेवसाइटबाट मात्र हेर्न पाइने बनाएको हो ।  याे व्यवस्था भाेलि बाँडफाँड हुन लागेकाे महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओबाट नै लागू हुने भएकाे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १५:०५