१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बहुमत प्राप्त पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान होः लालबावु पण्डित


१३ फागुन, काठमाडाैँ । नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउने तर्फ लाग्न नहुने बताउनु भएकाे छ । पार्टी विभाजनपछि कतै नलागी बस्नु भएकाे पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा  स्टाटस लेख्दै नेकपा एकताको सम्भावना समाप्त भइनसकेको बताउनु भएकाे छ ।

पण्डितले फेसबुकमा लेख्नु भएकाे छ, ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकाले कही यस्तो अवस्था नआओस् । मेरो यसमा विरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु,’ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १२:५८