७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनु पर्ने कानुन पारित


१३ फागुन, काठमाडाैँ । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ । सो कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले विरोध गरेका छन् ।


गतहप्ता फेसबुकले सबै समाचार सामाग्रीहरुमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफल पछि सो निर्णयलाई उल्टाएको थियो । सो छलफल पछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नवाउने खालका प्रावधान राखिएको छ । तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिवद्ध भएका छन् । यस किसिमको समझदारीलाई गुगल र फेसबुकले सम्झौता गरेको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १२:०४