१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१३ फागुन, काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ५ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।


त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । बुधबार तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार ११:३०